काँक्रेविहार (सुर्खेत)। भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ।
डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए। पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए।
आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए। पुलका निम्ति रु तीन करोड ८१ लख विनियोजना भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत , नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो। एक सय १८ किलोमिटर लामो जाजरकोट– डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ।





























प्रतिक्रिया