ग्लोबल आईएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

ग्लोबल आईएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। ग्लोबल आईएमई बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ३.९६ प्रतिशत रहेकोमा अहिले बढेर ४.७४ प्रतिशत पुगेको छ। बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ।

गत वर्ष यसै अवधिमा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि ठूलो रकम लोन लस प्रोभिजन गर्दा नाफा घटेको देखिन्छ। चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ अर्ब २ करोड छ, गत आवको यसै अवधिमा ११ अर्ब ७९ करोड रुपैयाँ थियो। बैंकले लोन लस प्रोभिजनवापत ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ, जुन पहिलेको तुलनामा ९४ प्रतिशत बढी हो।

वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत आर्थिक वर्ष यसै अवधिमा १७ रुपैयाँ ८ पैसा छ रहेकोमा अहिले १२ रुपैयाँ २० पैसामा झरेको छ।

Skip This
Skip This
Logo