स्टान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा २ गुणाले बढ्यो

स्टान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा २ गुणाले बढ्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ छ।

बैंकको निष्क्रिय कर्जा भने बढेको छ। चैत मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश २.१४ प्रतिशत छ। पहिले यस्तो कर्जा ०.९० प्रतिशत थियो। बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६० पैसा छ।

अन्य वाणिज्य बैंकको तुलनामा यस बैंकको प्रतिसेयर आम्दानी उच्च छ। प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८५ पैसा छ। चैत मसान्तसम्म सीडी रेसियो ७८ छ। आधार दर ६.५३ तथा स्प्रेड दर ४ प्रतिशत छ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब ६१ थियो । बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ।

Logo