इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा ७ प्रतिशतले बढ्यो

इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा ७ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। ब्याज आम्दानीमा भएको वृद्धिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा पनि बढेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ७ प्रतिशत बढेको हो।

खुद नाफा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। यहीं अवधिमा गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ २० पैसा रहेकोमा अहिले १२ रुपैयाँ ८० पैसामा झरेको छ।

बैंकले साउनदेखि चैत मसान्तसम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यस्तो नाफा ३ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड थियो।

बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब ८ करोड ऋणात्मक छ । आर्जन भइसकेको ठूलो नाफा पनि उठ्न नसक्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । बैंकले लोन लस प्रोभिजनवापत (इम्पेरिमेन्ट चार्ज) ३ अर्ब ४ करोड रुपैयाँ छुट्याएको छ। पहिले यस्तो रकम ७० करोड १९ लाख रुपैयाँ थियो ।

Logo