वित्तीय सूचांकमा एनआईसी एशिया बैंकको छलाङ, ९ महिनामा गर्यो २ अर्ब नाफा

वित्तीय सूचांकमा एनआईसी एशिया बैंकको छलाङ, ९ महिनामा गर्यो २ अर्ब नाफा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०-८१ तेस्रो त्रैमासमा करिव २ अर्ब खुद रुपैयाँ नाफा गरेको देखिएको हो ।

उक्त बैंकले गत आर्थिक वर्ष २०७९-८० को चैत्रसम्मा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यद्यपि गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ५२ प्रतिशत घटेको छ।

चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकको तथ्याङकले देखाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकले यस अवधिमा कुल सञ्चालन नाफा भने १० अर्ब ३० करोड रुपैयाँ गरेको छ।

साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको तथ्याङ्कले खराब कर्जा गत वर्षको चैतमा ०.८५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.०८ प्रतिशत पुगेको देखाएको छ।

समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी १७.१२ रुपैयाँ रहेको छ। त्यस्तै पिई रेसियो २२.८५, नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ। बैंकको सिडी रेसियो ८५.८१ प्रतिशत, बेस रेट ८.८६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ ।

यस्तै, बैंकको वितरणयोग्य नाफा यस अवधिमा ऋणात्मक छ। चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको तथ्याङकले देखाएको छ। एनआईसी एशिया बैंक समीक्षा अवधिमा चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

Logo