लक्ष्मी सनराइज बैंकको नाफा २७.७ प्रतिशत बढ्यो

लक्ष्मी सनराइज बैंकको नाफा २७.७ प्रतिशत बढ्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। लक्ष्मी सनराइज बैंकको खुद नाफा बढेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २७.७ प्रतिशत बढेको हो।

बैंकले चालु आवको साउनदेखि चैत मसान्तसम्म १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो।

खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २९ पैसामा झरेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ । त्यस्तै निष्क्रिय कर्जा ५.४९ प्रतिशत छ। गत वर्ष यसै अवधिमा यस्तो कर्जा १.८२ प्रतिशत थियो। सीडी रेसियो ७९.४८ प्रतिशत छ। आधार दर ९.१२ र स्प्रेड दर ४.४१ प्रतिशत छ ।

Logo