सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला कति पुग्यो ?

केन्द्रबिन्दु
182
Shares

काठमाडाैं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी यता, चाँदीको भाउ ५ रुपैयाँले घटेकाे छ। यस दिन चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo