भेस्पा र अप्रिलियाका कुन मोडलको स्कुटर किन्दा कति पर्छ मूल्य ?

भेस्पा र अप्रिलियाका कुन मोडलको स्कुटर किन्दा कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । नेपालमा डेल्टा अटोकर्प प्रालिले भेस्पा र अप्रिलियाका विभिन्न भेरियन्टका स्कुटर बिक्री गर्दै आएको छ। नेपाली सडकमा उपयुक्त भएकाले पनि यी ब्रान्डका स्कुटर अधिकांशको रोजाइमा पर्ने गर्छन्।

ग्राहकलाई उपयुक्त मूल्यमा आकर्षक भेस्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकलाई लक्षित गर्दै नयाँनयाँ मोडलका स्कुटर भित्र्याई सार्वजनिक गर्ने क्रम जारी छ। कम्पनीले नेपालमा १ सय २५ सीसीको अप्रिलिया स्ट्रम स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको हो। उक्त स्कुटर छिट्टै सार्वजनिक हुने कम्पनीले बताएको छ।

कुनको मूल्य कति ?
कम्पनीले स्कुटरको मूल्य त्यसको फिचर, क्षमताका आधारमा निर्धारण गरेको छ। स्कुटरको मोडलअनुसार मूल्य फरक-फरक तोकिएको कम्पनीको भनाइ छ। कम्पनीले अप्रिलिया एसआर १२५ सीसीको स्कुटरको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेको छ। अप्रिला स्टर्म १२५ को मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ निर्माण गरेको छ।

यस्तै, अप्रिलिया एसआर १ सय ५० सीसीको स्कुटरको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ राखिएको छ भने अप्रिलिया एसआर १ सय ५० रेस स्कुटरको मूल्य ३ लाख ६२ हजार ९०० रुपैयाँ रहेको कम्पनीले बताएको छ।

यसैगरी कम्पनीले अप्रिलिया एसआर १६० सीसीको स्कुटरलाई ३ लाख ९५ हजार ९०० रुपैयाँ पर्ने बताइएको छ।

अप्रिलिया एसएक्सआर १६० सीसीको स्कुटरलाई ४ लाख ६६ हजार मूल्य तोकिएको छ। कम्पनीका अनुसार यी सबै पेट्रोलमा आधारित स्कुटर हुन्।

यस्तै, भेस्पाको पनि मोडल अनुसार मूल्य भिन्न हुने कम्पनीले बताएको छ। भेस्पा १ सय २५ सिसी इन्जिन क्षमताबाट सुरू हुन्छ।

‘क्लासिक’ लुक्सको भेस्पा स्कुटर विभिन्न मोडलमा उपलब्ध छन्। जुन स्कुटर धेरैको रोजाइमा पर्ने गर्छ।

भेस्पाको सबैभन्दा सस्तो मोडल रूपमा पनि चिनिने गर्छ ‘भेस्पा नोटे’। १२५ सीसी इन्जिन क्षमता भएको यो स्कुटरको बजार मूल्य ३ लाख एक हजार ९४६ रुपैयाँ तोकिएको छ। यस्तै, १२५ सीसी इन्जिन क्षमता भएको भेस्पा एलएक्स स्कुटरको मूल्य ३ लाख एक हजार ९४६ रुपैयाँ राखिएको छ।

भेस्पा विएक्सएल १२५ सीसीको स्कुटरको मूल्य ३ लाख ५१ हजार ९४६ र भेस्पा एसएक्सएल १२५ सीसीको स्कुटर मूल्य ३ लाख ६५ हजार ९४६ रुपैयाँ निर्धारण कम्पनीले गरेको छ। भेस्पाको एसएक्सएल म्याट १२५ सीसीको स्कुटरलाई ३ लाख ६७ हजार ९४६ रुपैयाँ पर्छ। त्यस्तै ४ लाख ४४ हजार ४४६ रुपैयाँमै भेस्पा एलिगेन्ट १५० सीसी इन्जिन क्षमताको स्कुटर उपलब्ध रहेको कम्पनीले बताएको छ।

Logo