ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले तुल्सीपुर उपमहानगरपालिका-६ मदनआश्रित चोकस्थित् मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्। सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताइएको छ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्।

Logo