गरिमा बैंक र टान गण्डकीबिच व्यवसायिक सम्झौता

गरिमा बैंक र टान गण्डकीबिच व्यवसायिक सम्झौता

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबिच सदस्य संस्थालाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सो सम्झौतामा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार टानका सदस्यलाई गरिमा बैंकले अधिकतम ५० रूपैयाँ लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ। साथै ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने बताइएको छ।

यो सेवाले गर्दा टान सदस्यलाई व्यापार व्यवसायमा सहजिकरण हुने बैंकले विश्वास लिएको र इच्छुक सदस्यले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्ने बताइएको छ। साथै,सो सम्झौता पश्चात टानले गरिमा बैंकलाई बैंकीङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ। यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको बैंकले जनाएको छ।

Logo