डिशहोमले ल्यायो ‘खुसीको रिचार्ज’ अफर

डिशहोमले ल्यायो ‘खुसीको रिचार्ज’ अफर

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । डिशहोमले ग्राहकहरूका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ।

यो अफरअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले अब जति रकम रिचार्ज गर्नुहुनेछ उतिनै रकम वोनस स्वरुप प्राप्त गर्ने डिशहोमले जनाएको छ।

ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्ने र ३ सय ६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ उति पैसा बोनस स्वरुप पाउनेछन्। यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्जमा २००० नै बोनस प्राप्त गर्ने कम्पनीले बताएको छ। यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको पनि कम्पनीले जनाएको छ ।

यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिना निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन्।

Logo