केएल टावरमा खुल्यो फाइभ स्टार होटल जस्तै सुविधा दिने इम्पेरियल ब्यांक्वेट

केएल टावरमा खुल्यो फाइभ स्टार होटल जस्तै सुविधा दिने इम्पेरियल ब्यांक्वेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा फाइभ स्टार होटलले जस्तै सेवा दिने ब्यांक्वेट खुलेको छ । चाबहिलको केएल टावरको छतमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने इम्पेरियल ब्यांक्वेट खुलेको हो ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ । अग्लो स्थानमा रहेको ब्यांक्वेटमा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवाका साथ ब्यांक्वेट खोलिएको इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुप शर्माले जानकारी दिए ।

यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेटको व्यवस्थापन हेर्दै आएका शर्माले इम्पेरियल ब्यांक्वेट काठमाडौँ उपत्याकाको उत्कृष्ट ब्यांक्वेट भएको दाबी गरे । ब्यांक्वेटबाट काठमाडौं उपत्यकाको विशाल भ्यू पनि हेर्न सकिनेछ ।

लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण इम्पेरियलले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको शर्माको भनाई छ । दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक रहेका छन् ।

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, इम्पेरियलले कम्तिमा ५० जना मात्र हुने पार्टी र कार्यक्रमका लागि पनि सेवा उपलब्ध गराउने उनले बताए । ५० जनादेखि दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको सिईओ शर्मा बताउँछन् ।

थाइल्यान्डबाट ल्याइएका इन्टेरियर सामानले इम्पेरियल निकै सुन्दर देखिएको छ । पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिफ्टको व्यवस्था गरिएको छ । खानाको प्रकार, सजावट र थिमका हिसाबले इम्पेरियल काठमाडौंको उत्कृष्ट ब्यांक्वेट भएको सञ्चालकहरूको दाबी छ ।

Logo