९ महिनामा नेपाल भित्रिए साढे १७ अर्बकाे विद्युतीय गाडी

९ महिनामा नेपाल भित्रिए साढे १७ अर्बकाे विद्युतीय गाडी

केन्द्रबिन्दु
56
Shares

चालु आर्थिक वर्षको ९ महिनामा ७ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन्।

भन्सार विभागको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा ७ हजार ७२ वटा ईभि गाडी भित्रिएका हुन् । जुन गत आर्थिक वर्ष २०७९/८०को तुलनामा साढे करिब ३ गुणाले बढी हो । गत आर्थिक वर्षको साेही अवधिमा २ हजार ४५१ मात्र ईभि नेपालमा आयात भएको थियो ।

विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २९ सय २ वटा भित्रिएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ७७ वटा भित्रिएका छन् भने १०१ देखि २०० किलोवाटसम्मको ९१ वटा र २०१ माथि किलोवाट भएका २१ वटा आएका छन्। साे अवधिमा १७ अर्ब ४९ करोड रुपैयाँका विद्युतीय गाडी भित्रिएका छन्।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।

Logo