सीजी मोटर्सद्वारा हिरोका चार प्रडक्टको एसेम्बल गर्न सुरु, अब कुनलाई कति पर्छ मूल्य ?

सीजी मोटर्सद्वारा हिरोका चार प्रडक्टको एसेम्बल गर्न सुरु, अब कुनलाई कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । हिरो मोटोकर्पका प्रडक्टहरू अब नेपालमा नै उत्पादन हुन थालेको छ । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले एसेम्बल प्लान्टको सञ्चालनमा ल्याएसँगै हिरोको चार प्रडक्ट स्वदेशमै उत्पादन हुन थालेको हो ।

आइतबार कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै हिरोका बाइक तथा स्कुटरहरू नेपालमै उत्पादन गर्ने प्लान्टको पनि उद्घाटन गरेको छ । कम्पनीका अनुसार नेपालमै एक्सप्लस २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र हिरो जुम ११० स्कुटर एसेम्बल हुने छन् ।

अब उक्त चार वटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्बली फ्यासिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ ।

एसेम्बल प्लान्ट सञ्चालनमा आएसँगै नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना मद्दत पुग्ने कम्पनीले अपेक्षा लिएको छ । कम्पनीले हिरोका उक्त प्रडक्टको एसेम्बल स्वदेशमा गर्न थालेपछि मूल्य पनि घटेका बताएको छ । कम्पनीले सुपर स्प्लेन्डरको मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ तोकेको छ । यस्तै, स्प्लेन्डर प्लसको २ लाख ६ हजार ९००, एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले दुई वटा मोडलको स्कुटर पनि एसेम्बल गर्न सुरु गरेको छ । कम्पनीले जुम–डीआरएससी एफआई ११० र जुम–डीआरजेडसी एफआई ११० मोडलको स्कुटर पनि उत्पादन गर्न थालेको हो । जसको मूल्य कम्पनीले क्रमशः २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।

Logo