एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यू रिसोर्टबिच सम्झौता

एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यू रिसोर्टबिच सम्झौता

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यू रिसोर्ट लिमिटेडबिच सम्झौता भएको छ।

क्यापिटलले ‘आईडीया टू आईपीओ’ सेवाअन्तर्गत कुनैपनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।

क्लासिक भ्यू रिसोर्टलाई क्यापिटलको ‘आईडीया टू आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुन बमोजिम शेयर निष्काशनका लागि सम्झौता भएको हो। कम्पनीको जारी पुँजीको १४ प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूमा प्राथमिक शेयर निष्काशन गरिने क्यापिटलले जनाएको छ।

क्लासिक भ्यू रिसोर्ट बुढानीलकण्ठमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ। हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ।

रिसोर्टको अध्यक्ष मुकुन्दराज कुँवरलगायत अन्य सञ्चालक तथा संस्थापक शेयरधनीको रियल स्टेटलगायत अन्य व्यवसाय रहेको छ।

Logo