सुनचाँदीकाे मूल्य घट्याे

सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
154
Shares

स्थानीय बजारमा सुनको मूल्य सोमबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कायम भएको हो ।

साथै तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि आज ३५ रुपैयाँले सस्तो भएको छ। चाँदी आज १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Logo