विदेश जाने श्रमिकलाई जहाजभित्रै खानाको व्यवस्था गरिदिनुस् -मन्त्री अर्याल

विदेश जाने श्रमिकलाई जहाजभित्रै खानाको व्यवस्था गरिदिनुस् -मन्त्री अर्याल

केन्द्रबिन्दु
126
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्रै खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार मन्त्री अर्यालले वैदेशिक रोजगारी व्यवसायी संघको छलफलमा श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने र गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान नपाउने भएकाले कम्तीमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिन उनको आग्रह छ ।

Logo