सूर्यज्योतीले मनायो १६औँ वार्षिकोत्सव

सूर्यज्योतीले मनायो १६औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र ज्योती लाईफ इन्स्योरेन्सबिच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते संयूक्त कारोबार सूरु गरेको थियो।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्नका साथै सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहकवर्ग, अविरल साथ दिनुहुने अभिकर्ताहरु ,अहोरात्र खट्नु हुने कर्मचारीहरु , हौसला प्रदान गर्नुहुने शेयरधनी महानुभावहरू, सदैव सत्मार्ग देखाउनुहुने संचालक समिति, मार्गनिर्देश गर्नुहुने नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरुलगायत सम्पूर्ण संचारकर्मीहरूमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरेका थिए।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको कम्पनीको दाबी छ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी ४५४ करोड, जीवन बीमाकोष ३,२०० करोड, कुल लगानी ३,७५० करोड रहेको छ भने नेटवर्थ ७५६ करोड रहेको छ। कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।

Logo