सिटिजन लाइफले जेन जेड लक्षित कार्यक्रम सञ्चालन गर्ने

सिटिजन लाइफले जेन जेड लक्षित कार्यक्रम सञ्चालन गर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक, जेन जेड (जेनेरेसन–जेड) अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

भविष्यका लागि जीवन बिमा र लगानीको महत्त्वबारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई सचेत गराउने उद्धेश्य छ।

कम्पनीले नयाँ र अद्वितीय ढगंले सेवाग्राहीलाई सहायता पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार गरेको जनाएको छ । पछिल्लो समयमा सिटिजन लाइफ युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याइसकेको छ।

अनलाइन मार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी समेत रहेको कम्पनीको दाबी छ।

Logo