१० करोडको लगानीमा विराटनगरमा खुल्यो ‘हिलटन रेष्ट्रो’

१० करोडको लगानीमा विराटनगरमा खुल्यो ‘हिलटन रेष्ट्रो’

केन्द्रबिन्दु
56
Shares

विराटनगर । विराटनगरमा १० करोडको लगानीमा ‘हिलटन रेष्ट्रो’ सञ्चालनमा आएको छ।

विराटनगर-३ दूध फारम नजिक हाइवेमा १० करोड लगानीमा गत चैत्र १६ गतेदेखि हिलटन रेष्ट्रो सञ्चालनमा आएको सञ्चालक चमेशराज ढकालले बताएका छन्।

सञ्चालक ढकालका अनुसार दुबईमा लामो समय काम गरेर फर्किएका सेफ र लण्डनका होटल रेष्टुरेण्टका अनुभवी व्यवस्थापनले रेष्ट्रोलाई चलाउने छन्। रेष्ट्रोमा कन्टिनेन्टल, चाईनिज, इण्डियनका साथै स्थानीय परिकार उपलब्ध हुने बताईएको छ। मटन र चिकेनमा पक्कु , सेकुवा, बोयललगायतका परिकारहरु राखिने ढकाले बताएका छन्। उनका अनुसार भारतीय परिकारहरु बनाउनका लागि अनुभवी कुकसमेत राखिएको छभने भेजिटेरियनलाई लक्षित गरी अलग्गै किचेनको व्यवस्थासमेत गरिएको छ।

यस्तै, खसीको विविध परिकारका अलावा अन्य खानाका धेरै परिकारहरु उपलब्ध हुने उनले बताए।

अरूभन्दा फरक, स्वादिष्ट, आधिकारीक खाना र अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने संचालक ढकालको दावी छ। उनी भन्छन्, ‘यस रेष्ट्रोमा आउने, मज्जाले खाने अनि अगाएर जाने। यहीँ नै हिलटनको विशेषता हो।’

सञ्चालक ढकाल कुनै समयताका लण्डन पढ्न गएको कुरा स्मरण गर्दै भने,‘३ वर्ष पढाइको सिलसिलामा म लण्डनमा रहेँ। त्यहाँ रहँदा होटलमै काम गरेँ। होटलको पनि किचेन क्षेत्र नै सम्हालेँ। यही क्षेत्रतिर बढी लगाव भएका कारणसमेत आफूले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर होटल व्यवसाय नै सुरू गर्न लागेको हुँ।’

रेष्ट्रो शानदार, पूर्ण पारिवारिक भएको ढकालको दाबी छ। रेष्ट्रो विषेशगरी परिवारका लागि छुट्टै एसी जडित रेस्टुरेण्टसमेत बनाईएको र साथीभाई, इस्टमित्रसँग जमघट गर्नका लागिपनि हिलटनमा ओपन रेस्टुरेण्टसमेत निर्माण गरिएको छ।

होटलमा सुरुवात चरणमा १५ जना स्टाफ राखिएका छन्।

Logo