नेपालमा ल्याक्मे सनस्क्रिनको लन्च

नेपालमा ल्याक्मे सनस्क्रिनको लन्च

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ‘स्टुन इन द सन’ ल्याक्मे सनस्क्रिन नेपालमा सार्वजनिक गरिएको छ। ट्यागलाइनका साथ दरबारमार्गदेखि झम्सिखेलसम्म पहेँलो छाता ओढेर हिँड्दै सनस्क्रिन सार्वजनिक गरिएको हो।

युनिलिभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ–५० र एसपीएफ–३० नेपालमा ल्याएको छ।

नेपालमै बनाइएका यी उत्पादनहरू अब स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी उत्पादनले यूभीएविरूद्ध सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यूभीबी किरणलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने छ। सबै छालाका प्रकारहरूका लागि यी सनस्क्रिन उपयुक्त हुने कम्पनीको दाबी छ।

Skip This
Skip This
Logo