नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल–नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ। शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको जनाएको छ।

रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको हो।

यस योजनाअनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछ बताइएको छ। यसै रेड्मी नोट १३ प्रो प्लस ५ जी खरिद गर्ने ग्राहकले भने रेड्मी बड्स ४ एक्टिभ मात्र रु १,६९९ मा वा रेड्मी वाच ३ एक्टिभ रु ३,४९९ मा प्राप्त गर्न सक्नेछन्। यस अफरअन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ। ८ जिबि प्लस २५६ जिबि भेरियन्ट अब नेपाली बजारमा रु ३२,९९९ मा उपलब्ध छ जसको बास्तविक बजार मूल्य रु ३४,९९९ छ। त्यसैगरी १२ जिबि प्लस ५१२ भेरियन्ट रु ३५,९९९ मै उपलब्ध छ जसको बजारी मूल्य रु ३९,९९९ रहेको छ।

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यूले भने,‘हामी आफ्ना ग्राहकवर्गका लागि अफर अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ। रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौँ। चाहे रेड्मी बड्स ४ एक्टिभ को साथ उत्कृष्ट अडियो क्वालिटीको मजा लिन होस् वा रेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहन होस्, हामीले हाम्रा ग्राहकहरूको दैनिक जीवन सहज बनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौँ।’

रेड्मी नोट १३ सिरिजअन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन्–रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि ६ जिबि र्याम प्लस १२८ जिबी स्टोरेज र ८ जिबि र्याम प्लस २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरासहित उपलब्ध रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसरसहित ८ प्लस२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।

रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ प्लस २५६ जिबी स्टोरेज र १२ जिबिप्लस ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनी बताएको छ।

Logo