लाईफ टाईम ब्याट्री अस्योरेन्स भएको टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

लाईफ टाईम ब्याट्री अस्योरेन्स भएको टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटरले लाईफ टाईम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।

ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतका विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूबमार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्यका साथ सार्वजनिक गरिएको हो।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ)सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ग्राहकले २ लाख ९९ हजार ९ सयमा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछ र टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको कम्पनीको दाबी छ।

विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकहरुले अरिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन्। यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,“हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ। हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ।’

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १ लाख ३५ हजार बचत गर्न सफल हुनेपनि कम्पनीले जनाएको छ।

पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ। आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा भएको कम्पनीको दाबी छ।

Logo