लगानी प्रवद्धनार्थ भएको कानूनी सुधार स्वागतयोग्य: महासंघ

लगानी प्रवद्धनार्थ भएको कानूनी सुधार स्वागतयोग्य: महासंघ

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानून र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘यहीँ बैसाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमि सम्बन्धि ऐन लगायतका कानूनमा संसोधन गरेको छ। नया व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदबन्दीलगायतका बिषयलाई सम्बोधन गरेको छ।
महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ। यस अघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन। महासंघले नै नियमावली मार्फत परिभाषा खोजेपनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ। प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एक नारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो।’

अध्यादेशबाट पारित कानूनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ। यसैगरी संशोधित कानून कार्यान्वयन हुनेमा महासंघ आशावादी रहेको बताइएको छ।

Logo