सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाइसी’ सुविधा

सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाइसी’ सुविधा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाइसी लिने सुविधा ल्याएको छ।

विदेशमा बसोबास गर्ने व्यक्तिको बीमा गर्दा आवश्यक फारामसहित सबै विवरणहरू अभिकर्ता पोर्टलमार्फत प्राप्त हुने कम्पनीले जनाएको छ। केवाइसीसम्बन्धि व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले भिडिओ केवाइसी अवधारणा ल्याएको दाबी गरेको छ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् आवश्यक कागजात र विवरणहरु भरी स्क्यान गरेर अनलाइनमार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ। प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसीसम्बन्धि भिडियो बनाएर सिटिजन लाइफमा पठाउनु पर्ने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo