सेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि

सेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । लगातार ओह्रालो लागेको सेयरबजार कारोबारमा बुधबार सामान्य सुधार छ। नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो।

१३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ।

७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो।

आज ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। १५ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। पोखरा फाइनान्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्स लगायतका सेयरमूल्य बढेका छन्।

सर्वाधिक सेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको ६३ करोड ३० लाखको सेयर कारोबार भएको छ। पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सेयरमूल्य घटेर नोक्सानमा पर्नेमा माइखोला हाइड्रोपावरका लगानीकर्ता पहिलो नम्बरमा छन्। नबिल डिबेञ्चर २०८५, महिला लघुवित्त, लक्ष्मी उन्नति कोष, रिभर फल्स पावरलगायतका सेयर घटेका छन्।

Skip This
Skip This
Logo