लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो: मन्त्री बस्नेत

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो: मन्त्री बस्नेत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो–२०२४ उदघाटन समारोहमा उनले, सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संसोधनमार्फत नीतिगत सुधारका काम अगाडि बढाएको बताएका हुन्।

उनले भने, ‘त्यो बाहेक पनि बन क्षेत्र उपलब्ध गर्ने, जग्गा प्राप्तीका केही सवालहरु छन्। जसलाई केही नेपाल ऐन संसोधनमा मार्फत सम्बोधन गर्ने गरेर सरकरले प्रक्रिया अगाडि बढाएको छ। हामीले आगामि लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै केही नेपाल ऐन संसोधन मार्फत नीतिगत सुधारका काम अगाडि बढाएका छौं।’

मन्त्री बस्नेतले, संसदमा रहेको विद्युत सम्बन्धि विधेयक चाँडै पारित हुने पनि बताए। विद्युत सम्बन्धि विधेयकले रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ।

उनले भने,‘हाम्रो विद्युत विधेयक अहिले संसदमा छ। मलाई लाग्छ त्यसले विद्युत उत्पादन प्रसारणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने छ, अब निकट भविष्यमा नै पारित हुनेछ। र यसले यो रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्वपूर्ण योगदान पुर्याउने हामीले विश्वास लिएका छौँ।’

उनले देशको विकास र समृद्धिको लागि जलविद्युतको क्षेत्र निकै नै महत्वपूर्ण रहको बताए।

Logo