भारतमा कुन कम्पनीले वर्षमा कति उत्पादन गर्छन् कार ?

भारतमा कुन कम्पनीले वर्षमा कति उत्पादन गर्छन् कार ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । विश्वको अटोमोबाइल क्षेत्रको एउटा ठूलो हिस्सा बोकेको देशभित्र भारत पनि पर्छ । भारतमा विभिन्न कम्पनीले गाडी उत्पादन गर्ने ठूलाठूला प्लान्टको स्थापना गरेका छन् । उक्त प्लान्टबाट वार्षिक लाखौं संख्यामा गाडी तयार गरी विभिन्न देश निर्यात पनि हुने गर्छन् ।

भारतका प्रमुख अटोमोबाइल उत्पादन गर्ने कम्पनीहरूमा मारुती सुजुकी, हुन्डाई मोटर इन्डिया, टाटा मोटर्स, अशोक लेल्यान्ड, महिन्द्रा एण्ड महिन्द्रा, ट्र्याक्टर र फार्म इक्विपमेन्ट लिमिटेड, आइशर मोटर्स, रोयल इन्फिल्ड, सोनालिका ट्रयाक्टर्स, हिन्दुस्तान मोटर्स, ह्रदयेश, आईसीएमएल अटोमोबाइल, के. लिमिटेड, रेवा, जेएसडब्ल्यू एमजी लगायत पर्छन् । उक्त कम्पनीमध्ये केही कम्पनीले कार मात्र नभई मोटरसाइकल पनि उत्पादन गर्ने गर्छन् ।

यद्यपि कार उत्पादन गर्ने कम्पनीकाे ठूलो संख्या भारतमा छन् । कियाको पेनुकोन्डा प्लान्ट भारतमा ५३६ हेक्टर जमिनमा फैलिएको छ । यस प्लान्टमा वर्षमा ३ लाख भन्दा बढी कार बनाइन्छ । भारतमा उक्त कम्पनीले सन् २०१९ बाट प्लान्टको स्थापना गरी कियाका विभिन्न मोडल कारहरू उत्पादन गर्दै आइरहेको छ ।

रिपोर्टका अनुसार यस कम्पनीले भारतमा अहिलेसम्म १० लाख भन्दा बढी कार बनाइसकेको छ । यस्तै, टाटा मोटर्सले उत्पादन गरेका कारहरू पनि विश्व बजारमा निकै लोकप्रिय छ । टाटा मोटर्सले भारको जमशेदपुरमा ऐशियाको सबैभन्दा ठुलो प्यान्ट लगाएर कारको उत्पादन गरिरहेको छ । रिपोर्टका अनुसार उक्त प्लान्टमा टाटाका विभिन्न ४०० मोडलका कार साथै बस, ट्रक उत्पादन गरिन्छ ।

यसैगरी मारुती सुजुकी पनि भारतमा सबैभन्दा बढी गाडी उत्पादन गर्ने कम्पनीको लिस्टभित्र पर्छ । मारुती सुजुकीले भारतमा रहेकाे प्लान्टबाट प्रत्येक वर्ष १० लाख भन्दा बढी कार बनाइरहेको छ । यी कम्पनीहरू मात्र नभई अन्य कम्पनी पनि छन् जसले वार्षिक लाखौं संख्यामा प्लान्टहरू बनाइ सञ्चालनमा ल्याएका छन् । विश्व प्रख्यात टेस्ला कम्पनीले पनि टेस्लाका गाडी भारतमा नै उत्पादन गर्ने लक्ष्य राखी आवश्यक तयारी गरिरहेको छ ।

Logo