नेपाल र चीनबीच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर

नेपाल र चीनबीच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबिच भेटवार्ता भएको छ।

शुक्रबार मन्त्रालयमा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबिच भएको उक्त भेटवार्तामा नेपाल र चीनबिच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर भएको छ।

चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताइएको छ।

भेटवार्तामा अर्थमन्त्री पुनले नेपालमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा चीन सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आएकोमा खुःसी व्यक्त गरे। उनले चीनसँगको विचारको आदनप्रदान गर्न पाउँदा खुशी व्यक्त गरे।

उनले भने,‘नेपालमा हुन लागेको सम्मेलनमा चीन सरकारको तर्फबाट यहाँको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ। यहाँहरु धन्यवाद व्यक्त गर्न चाहन्छु। नेपाल र चीन बीचको दुईपक्षीय सम्बन्ध र सहयोगको विषयमा यसअघि कुरा गरिसकेका छौं। यहाँहरुसँग विचारको आदान प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्न चाहन्छु।’

उनले विभिन्न प्रयास र सुधारका बाबजुदपनि हाम्रा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको भन्दै चीन सरकारको लगानी र सहायता आगामी दिनमा थप हुने र स्वीकृत आयोजनाको कार्यान्वयनपनि छिटो हुने विश्वास व्यक्त गरे।

Logo