चीनको टप ‘न्यू फोर्स’ कम्पनी बन्यो ‘एइटो’

चीनको टप ‘न्यू फोर्स’ कम्पनी बन्यो ‘एइटो’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । चाइनिज ईभी ब्रान्ड एइटोले सन् २०२४ को पहिलो तीन महिनामा उल्लेखनिय उपलब्धि हासिल गरेको छ।

टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्समा रहेको चाइनिज ईभी ब्रान्ड एइटोले सन् २०२४ को पहिलो तीन महिनामा उल्लेखनिय उपलब्धि हासिल गरेको हो।

मार्च महिनामा एइटोका ३१ हजार ७२७ युनिट गाडी बिक्री भएको कम्पनीले जनाएको छ। यो भन्दा पहिले जनवरीमा ३२ हजार ९७३ र फेब्रुअरीमा २१ हजार १४२ युनिट बिक्री भएका थिए। यस अनुसार तीन महिनामा समग्रमा ८५ हजार ८४२ युनिट गाडी बिक्री भएको बताइएको छ।

मार्च महिनामा अघिल्लो महिनाको तुलनामा बढी सवारी साधन डेलिभरी भएको र ती मध्ये एइटोको एम ७ मोडल सबैभन्दा बढी अर्थात २४ हजार ५९८ युनिट बिक्री भएको कम्पनीको दाबी छ। त्यसैगरी गत वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा एकैपटक ८२४ प्रतिशत बढी यो ब्रान्डका सवारी साधन बिक्री भएका छन्।

यस अनुसार चीनका ‘न्यु फोर्स’ अटोमोटिभ निर्माता कम्पनीहरुमा सबैभन्दा टपमा एइटो ब्रान्ड पर्न सफल भएको कम्पनीले जनाएको छ।

हुवावे र सेरेस ब्रान्डले संयुक्त रुपमा एइटो ब्रान्ड सन् २०२१ डिसेम्बरमा स्थापना गरेका थिए।

हाल एइटोले एम ५, एम ७ र एम ९ मोडल उत्पादन गर्दै आएको छ।

Logo