एपोलो टायरको अभियान फुटबलमा

एपोलो टायरको अभियान फुटबलमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ग्रासरुट फुटबल अभियानमा सहयोग पुर्याउन टायर निर्माता कम्पनी एपोलो टायरले युनाइटेड वि प्ले २०२४ को घोषणा गरेको छ।

म्यानचेस्टर युनाइटेड फुटबल क्लबको समर्थन रहेको सो अभियानअन्तर्गत नेपाली युवा खेलाडीलाई कौशल प्रदर्शनका लागि मौका प्रदान गरिने बताइएको छ।

युनाइटेड वि प्लेको यो चौथो सिजन रहेको र यो भन्दा पहिले भारत, युएई, थाइल्यान्ड र नेपालमा यस प्रकारको विश्वव्यापी कार्यक्रम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। जसअनुसार २४ हजारभन्दा बढी खेलाडीहरु म्यानचेस्टर युनाइटेडको गृहनगर वर्ल्ड ट्राफोर्ड भ्रमण गर्ने अवसरका लागि सहभागी भएको कम्पनीले जनाएको हो।

अहिलेको सिजनका लागि सुवाश बम, बहादुर परियार र रोहित गोले फाइनल राउन्डका लागि छनोट भएको र रु म्यानचेस्टर युनाइटेडका खेलाडीसँग विभिन्न क्रियाकलापमा सहभागी हुन पाउने छन्।

एपोलो टायर, नेपालका कन्ट्री हेड राजेश दासले युनाइटेड वि प्लेका विजेताहरुलाई बधाई ज्ञापन गर्दै ८ सय भन्दा बढी बालबालिकाबाट छनोट भएका खेलाडीहरुको उज्वल भविष्यको कामना गरे।

एपोलो टायर र म्यानचेस्टर युनाइटेडको संयुक्त आयोजनामा हुने युनाइटेड वि प्लेको थिम नै खेलाडी विकासका लागि विश्वव्यापी पहुँच उपलब्ध गराउनु र खेलमा संलग्न गराई उनीहरुलाई सके सम्म राम्रो पर्फमेन्स गर्ने बनाउनु रहेको बताइएको छ।

Logo