बिर्तामोडमा टेल्जीको नयाँ शोरुम, १ लाख किलोमिटर वारेन्टी पाइने

बिर्तामोडमा टेल्जीको नयाँ शोरुम, १ लाख किलोमिटर वारेन्टी पाइने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । झापाको बिर्तामोडमा टेल्जी इलेक्ट्रिक स्कुटरको नयाँ शाखा खुलेको छ।

टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योम मा ई मोटर्सले झापाको बिर्तामोडमा टेल्जी इलेक्ट्रिक स्कुटरको नयाँ शाखा खोलेको हो।

टेल्जी नेपालले देशभर शोरुम विस्तारको क्रमलाई तीव्रता दिएसँगै बिर्तामोडमा शोरुम खोलेको हो। एभरेष्ट अटो ट्रेडले टेल्जीको शोरुमको रुपमा कार्य प्रारम्भ गरेको हो ।

उक्त शोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनीका निर्देशक संजीव शिल्पकारले नेपालको लोकप्रिय ब्रान्डको शोरुम पूर्वमा विस्तार गर्न पाउँदा अत्यन्तै खुसी भएको बताएका छन्। ‘टेल्जीका विद्युतीय स्कुटरहरू विश्वस्तरीयका साथसाथै विश्वसनीय दुईपांग्रे ब्रान्ड हो । टेल्जीले युनाइटेड नेसनको इन्भाइरोमेन्ट ई मोबिलिटी पार्टनरको रूपमा रहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व कीर्तिमानहरू रहेका छन्। काठमाडौं, बुटवल, पोखरा लगायतका धेरै शहरहरूका ग्राहकहरूको मायाले हामी नेपालमै सर्बाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौं भने पूर्वको सहर विर्तामोडमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा हामी अत्यन्तै हर्षित भएका छौं,’ उनले भने।

एभरेष्ट अटो ट्रेड संचालक प्रेमबहादुर थापाले नेपालको चर्चित ब्रान्ड झापा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । ‘काठमाडौं लगायतका धेरै शहरहरूमा परीक्षण भइसकेको र नेपालमै पहिलो पटक १ लाख किलोमिटर वारेन्टी भएको यस्तो विश्व स्तयरीय ब्रान्ड टेल्जीको डिलरको रूपमा काम गर्ने अवसर पाउँदा हामी खुसी भएका छौं। अबको युग इलेक्ट्रिक सवारीसाधनको युग हो,’ उनले भने।

टेल्जीका स्कुटर मर्मत खर्च अत्यन्तै न्यून अर्थात् २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर संचलान गर्ने सकिने एभरेष्ट अटो ट्रेडका प्रबन्ध निर्देशक मिलन लिम्बुले बताए।

‘हामीले पार्टस् तथा सर्भिसको लागि सबै तयारी पूरा गरेर शोरुम संचालनमा ल्याएका छौं । हाम्रा ग्राहकलाई निर्धक्क भएर विद्युतीय स्कुटर चढ्न अनुरोध समेत गर्दछु,’ उनले भने।

उक्त कार्यक्रममा विर्तामोड नगरपालिका अधिकृत मेघराज बास्तोला, विर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा तथा समाजसेवी छिरिङ शेर्पालगायतका उद्योगी ब्यवसायीहरूको उपस्थिति रहेको थियो।

Logo