सुजल डेरीको ‘ह्याप्पी काउ मिल्क’ अब काठमाडौंमा

सुजल डेरीको ‘ह्याप्पी काउ मिल्क’ अब काठमाडौंमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सुजल डेरीले काठमाडौंमा ‘ह्याप्पी काउ मिल्क’ उपलब्ध गराएको छ। उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुध काठमाण्डौको बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार काठमाडौं बजारमा ‘सफल ह्याप्पी काउ मिल्क’ गाईको दुध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दुधको प्राकृतिक सुगन्ध,स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ। यो दुधको प्रत्येक प्याकेट क्रिमयुक्त हुने र ताजा,शुद्ध र गुणस्तरको हुने कम्पनीले जनाएको छ।

यो दुधमा न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनएफ हुने हुँदा सजिलै पचाउन सकिने कम्पनीले जनाएको छ। सफल ह्याप्पी काउ मिल्क बजारमा ५ सय एमएलको पाउचमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ।

Skip This
Skip This
Logo