सुरू भयो तेस्रो लगानी सम्मेलन [तस्बिरसहित]

सुरू भयो तेस्रो लगानी सम्मेलन [तस्बिरसहित]

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ। काठमाडौंको सोल्टी होटलमा भइरहेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।

सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको भन्दै सम्मेनलमार्फत् लगानीको सम्भावना र अवसरबारे बुझेर लगानी गर्न लगानीकर्ताहरुलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ। सोमबारसम्म हुने सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५१ परियोजना सरकारले प्रस्तुत गर्दै छ। लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन्।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ।

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ। सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्नेछन्।

Logo