लगानीकर्ताको विश्वास बढाउन नीतिगत सुधार गरेका छौँ: अर्थमन्त्री पुन

लगानीकर्ताको विश्वास बढाउन नीतिगत सुधार गरेका छौँ: अर्थमन्त्री पुन

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा लगानीकर्ताको विश्वास बढाउन नीतिगत सुधार गरेको बताएका छन्।

आइतबार तेस्रो लगानी सम्मेलनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले नेपालमा लगानीकर्ताको विश्वास बढाउन नीतिगत सुधार गरेको बताएका हुन्।

उनले भने, ‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ, नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शीता र जवाफदेहीता सुनिश्चित गरिएको छ। आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ, नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्यबाट पनि नेपाल लगानीका लागि उपयुक्त र आकर्षक गन्तव्य भएको पुष्टि हुन्छ।’

Logo