व्यापार र लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र एनआईसीसीबीच द्धिपक्षीय सम्झौता

व्यापार र लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र एनआईसीसीबीच द्धिपक्षीय सम्झौता

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ ।

एफएनसीसीआई र एनआईसीसीबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखि एमओयु भएको हो ।

काठमाडौंमा आज आयोजित तेस्रो लगानी सम्मेलनमा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र एनसीसीआईका अध्यक्ष दातो सो दियान लाइले उक्त एमओयुमा हस्ताक्षर गरेका हुन् । आज र भोलि अर्थात् बैशाख १७ गतेसम्म चल्ने यस सम्मेलनमा ५५ राष्ट्रका १६०० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको छ । 

विदेशी लगानी विभिन्न क्षेत्रमा भित्र्याउने उदेश्य राखी आयोजना गरेको यस लगानी सम्मेलनमार्फत ठूलो मात्रामा लगानी भित्रिने अपेक्ष राखेको छ ।

Logo