डाटा सेन्टर बनाउन विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच ३ अर्बको सम्झौता

डाटा सेन्टर बनाउन विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच ३ अर्बको सम्झौता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा उक्त सम्झौता गरिएको हो । 

विएलसी होल्डिङ्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेघा चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेकी छिन् । डाटा सेन्टरको लागि ३ अर्ब लगानी भित्र्याउन हस्ताक्षर भएको छ ।

भारतीय योट्टा डाटा सर्भिससँग मिलेर बिएलसी नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । अर्बपति दाजु निरन्जन हिरानन्दानी र भाई सुरेन्द्र हिरानन्दानीको हिरानन्दानी समूह भारतको एक ठूलो तथा प्रतिष्ठित रियल स्टेट लगानीकर्ता हो । 

हिरानन्दानी समूहले विभिन्न देशका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । उक्त समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बिएलसी होल्डिंससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ ।

Logo