विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो -चेम्बर अध्यक्ष अग्रवाल

विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो -चेम्बर अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजना भएको एक कार्यक्रममा बोल्दै विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् । ‘विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको छ,  नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ, ‘उनले भने, ‘यहाँ लगानी मार्फत उत्पादन भएका बस्तुहरूलाई  विश्वका झण्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिड्न नसकिने बताउँदै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाइ छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरेका छन् । विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसँगै लाभयुक्त परियोजनाहरू छनोट गरेको उनले बताए ।

‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ, तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दीर्घकालीन महत्व राख्ने छ, लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुनेछ,’ उनले भने ।

अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रूपमा राखिएको छ ।

Logo