काठमाडौं ।
उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार वटा चिनी मिल सञ्चालकहरुलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि उखु किसानको रकम भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।
उनका अनुसार श्रीराम सुगरमिल रौतहट, लुम्बिनी सुगरमिल नवलपरासी, इन्दिरा सुगर मिल नवलपरासी र अन्नपूर्ण सुगरमिल सर्लाहीका गरि चार जना सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।
सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु शनिबारदेखि काठमाडौंमा आन्दोलनमा छन् । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसालको उपस्थिती रहेको थियो ।





























प्रतिक्रिया