सेयर बजारमा क्रमिक बढोत्तरी, कारोबारमा पनि सुधार

सेयर बजारमा क्रमिक बढोत्तरी, कारोबारमा पनि सुधार

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सेयर बजार कारोबारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ । सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो ।

७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिन पनि बजारले संकेत पनि सकारात्मक गरेको थियो । बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा पुग्दा कारोबार रकम २ अर्ब ६८ करोड २५ लाख रुपैया थियो ।

बजार परिसूचक माथि उचाल्न एक्लै फाइनान्स उपसमूह ४.१७ प्रतिशतले बढ्दा बल मिलेको हो । विकास बैंक उपसमूह १.६६ प्रतिशतले बढेको छ । वाणिज्य बैंक, म्युचुअल फण्ड पनि बढेको छ । १३ मध्ये ९ उपसमूह घटेका छन् ।

आइतबार पनि फाइनान्स उपसमूह ३.९८ प्रतिशतले बढेको थियो । सेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन् । ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने १२८ को घटेको छ । १७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सेयर मूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा दोस्रो दिन पनि पोखरा फाइनान्स सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार १७ करोड ५४ लाख रुपैयाँको भएको छ । यस्तै जानकी फाइनान्सको सेयरमूल्य पनि बढेर सर्किट लागेको छ भने नेपाल फाइनान्सको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ ।

यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख र जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पिपुल्स पावर, इस्टर्न हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र नेको इन्स्योरेन्स छन् ।

Skip This
Logo