चिनियाँ कम्पनीले अब नेपालमा वार्षिक ५००० थान बढी विद्युतीय गाडी उत्पादन गर्ने

चिनियाँ कम्पनीले अब नेपालमा वार्षिक ५००० थान बढी विद्युतीय गाडी उत्पादन गर्ने

केन्द्रबिन्दु
84
Shares

नेपालमा विद्युतीय गाडी उत्पादनका लागि चिनियाँ लगानी भित्रिएको छ ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनका अवसर पारेर चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले ३ अर्ब रुपैयाँ वैदेशिक लगानी सम्झौता गरेको हो । योसँगै नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थान बढी बिजुली गाडी उत्पादन गर्ने कम्पनीले योजना सार्वजनिक गरेको छ ।

प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको र प्लान्टबाट १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीको योजना छ ।

Logo