गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग पनि बढ्यो

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग पनि बढ्यो

केन्द्रबिन्दु
70
Shares

सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको छ । गर्मी मोसम सुरु भएसँगै एयर कुलरको पनि माग बढेको कम्पनीले जनाएको छ ।

टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरु रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको छ ।

ग्राहकवर्गहरुलाई सजिलो पहुँच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपालभर ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरु मार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चात को सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।

Logo