सामसङले नेपाली बजारमा ल्यायाे एम५५ फाइभजी, छन् अनेक विषेशता

सामसङले नेपाली बजारमा ल्यायाे एम५५ फाइभजी, छन् अनेक विषेशता

केन्द्रबिन्दु
70
Shares

सामसङले नेपाली बजारमा एम५५ फाइभजीलाई आधिकारिक रूपमा लन्च गरेको छ । जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरु उपलब्ध छन् । सामसङको लोकप्रिय ग्यालेक्सी एम सिरिजका यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमालेड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

ग्यालेक्सी एम५५ फाइभजीको ८/२५६ जीबी भर्सनको मूल्य ४८ हजार ९९९ रुपैयाँ र १२र२५६ जीबीको ५३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो दुवै मोबाइलहरु सामसङ इन्स्टा फाइनान्स सेवाबाट पनि खरिद गर्न सकिनेछ। यो प्रक्रिया झन्झटमुक्त भएकोले सम्भवतः एक घण्टा भित्रमा नयाँ ग्यालेक्सी ग्यालेक्सी एम५५ फाइभजीको साथ स्टोरबाट सकिने कम्पनीले जनाएको छ ।

आइकोनिक डिजाइन
ग्यालेक्सी एम५५ फाइभजीमा हामीले आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सक्छौं । मात्र ७.८ एमएमको चौडाइका साथ, सुपर स्लीक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको छ । ग्यालेक्सी एम५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन् ।

मोन्स्टर प्रदर्शन
फेर एनएम आधारित क्वाल्कोम स्न्यापड्रयागज ७ जेन१ प्रोसेसरद्वारा सञ्चालित, ग्यालेक्सी एम५५ फाइभजीले छिटो र ज्यादै प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ, सहज मल्टिटास्किङ सक्षम पार्दै मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्दछ ।

मोन्सटर ब्याट्री
५ हजार मेगाहर्ज ब्याट्री भएको ग्यालेक्सी एम५५ फाइभजीले विस्तारित ब्राउजिङ, गेमिङ र विंगे वाचिङ सेसनको लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ । ४५ वाट सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन् ।

मोन्सटर डिस्प्ले
१२० हर्ज रिफ्रेस रेट भएको ६.७ फुल एचडी प्लस सुपर एमाेलेड प्लस डिस्प्लेका साथ ग्यालेक्सी एम५५ फाइभजीले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ । एक हजार निट्सको हाई ब्राइटनेस मोड र भिजन बूस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सक्छन् ।

मोन्सटर क्यामेरा
ग्यालेक्सी एम५५ फाइभजीमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि छण् एमपी नो शेक क्यामेरा पाउन सकिन्छ पनि उपलब्ध छ । नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता अल इन्ह्यान्स्ड सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक उत्कृष्ट शटहरू खिच्न सक्छन् ।

मोन्सटर ग्यालेक्सी अनुभव
ग्यालेक्सी एम५५ फाइभजीमा बएको भ्वाइस फोकस जस्ता आविष्कारले फोन कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिन्छ । यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई नै पुनः परिभाषित गरिदिएको छ । डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध कडा सुरक्षा पाउन सक्छन् । क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्ने सुविधा प्रदान गर्दछ ।

Logo