गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई गरिमा विकास बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गरेका थिए।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्ने बताइएको छ।

ग्राहकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्ने र सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

Logo