आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांस प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांस प्रस्ताव

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ।

बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२औँ बैठकले शेयरधनीलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश(करसहित) प्रस्ताव गरेको छ।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारणसभाबाट पारित भए पश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुने इन्स्योरेन्सले जनाएको छ।

Logo