काठमाडौँ,
सिभिल बैंकले झापा जिल्लाको सुरुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गर्नु भएको छ । सिभिल बैंकको सुरुगा शाखासहित कुल शाखा संख्या ७५ पुगेकोे पनि बैंकले जनाएको छ ।
उक्त शाखा उद्घाटन कार्यक्रममा मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जु शर्मा, कन्काई उद्योग वाणिज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख माइक्रो बैंकिङ यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी लगायतको उपस्थिति थियो ।































प्रतिक्रिया