एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा खुल्यो

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर शाखा कार्यालयको उद्घाटन गरिएको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Skip This
Skip This
Logo