काठमाडौं। एल आरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३ प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ।
नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युतीय गाडी भित्र्याउन लागेको हो।
कम्पनीका अनुसार चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो एक महिनाभित्र परीक्षणका लागि नेपाल ल्याउने तयारी भइरहेको छ। एल आरआर ग्रुपले काई एक्स–३प्रो दुई भेरियन्टमा नेपाली बजारमा बिक्री गर्नेछ।
यसमा ५२.७ किलोवाट आवरको ब्याट्री प्याक रहेको गाडीमा ५२.७ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले सिंगल चार्जमा ४०१ किलोमिटर रिमाइन्डर रेन्ज दिने कम्पनीको दाबी छ।
काई एक्स–३प्रो मा क्याटलको लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ। यो गाडी ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ।
यसमा १९० एएएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। काई एक्स–३प्रो गाडीको लम्बाइ ४४०० एमएम, चौडाइ १८३१ एमए, उचाइ १६५३ एमएम छ। काई एक्स–३प्रो ५ सिटे क्षमताको गाडीको ह्वीलवेस २६३२ एमएम छ।
एक महिनाभित्रै नेपाली बजारमा परीक्षणका लागि गाडी आउने ग्रुपले जनाएको छ। अत्याधुनिक प्रविधिको प्रयोगबाट गाडी बनेको र उच्च स्तरीय फिचरहरुको सम्मिश्रण भएकाले नेपाली बजारमा यो गाडी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ।





























प्रतिक्रिया