काठमाडौं
ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले आज बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
पिआईडि फिडर र रेडियो नेपाल फिड अन्तर्गत पर्ने सातदोबाटो इसिमोड, खुमलटार, धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द हुने भएको र यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ । साथै उक्त स्थानमा चाडै कार्य सम्पन्न भएमा समय हेरफेर हुन सक्ने समेत जानकरी गराएको छ ।































प्रतिक्रिया