थापाथलीमा सीजी मोटर्सको सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा

थापाथलीमा सीजी मोटर्सको सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । इलेक्ट्रिक भेहिकल आयोन वाईको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले थापाथली चोकैमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन सीजी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरूलाई एकै ठाउँबाट जीएस मोटर्सले उत्पादन गरेका नयाँ मोडलका गाडीको बारेमा बुझ्नका साथै किन्नको लागि सहयोग गर्ने उनले बताए ।

राजदूत सोङले विश्वमा ईभीको प्रयोग बढ्दै गएकाले नेपालमा पनि ईभीको प्रयोगलाई बढाउँदै लगे इन्धन खपत र वातावरण प्रदूषण पनि कम हुने बताए । चिनियाँ कम्पनी जीएसी मोटर्सले उत्पादन गरिरहेको आयोन वाई ब्रान्ड विश्व बजारमा निकै लोकप्रिय रहेको छ । विश्व बजारमा बीवाईडी, टेस्लापछि आयोन बढी बिक्री गाडीका रुपमा पनि रहेको बताइएको छ ।

यस्तै, सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा विद्युतीय सवारी प्रति क्रेज बढ्दै गएकाे र यसको माग पनि बढ्दो रहेकाे बताए ।

Logo